महसुल उठाउन ध्यानाकर्षण

महसुल उठाउन ध्यानाकर्षण

२०७७, माघ १२ सोमवार

  • 1.2K
    SHARES

  • महसुल उठाउन ध्यानाकर्षण

    माघ १२, काठमाडौँ । 

    नेपाल विद्युत् प्राधिकरणमा क्रियाशिल विभिन्न तीन कर्मचारी सङ्गठनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    प्राधिकरणका कामय मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आइतवार एक ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले विद्युत् भार कटौतीको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत जोडिएका विद्युत् लाइनको महसुल हालसम्म पनि नउठेकामा ध्यानाकर्षण गराएका हुन् ।
     
    प्राधिकरण सञ्चालक समितिको २०७५ वैशाख ३१ गतेको बैठकले सञ्चाालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

    समितिले २०७६ असोज १६ गते प्रतिवेदन बुझाएको थियो । यस्तै, प्राधिकरण सञ्चालक समितिको २०७६ कात्तिक १६ गते बसेको बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने निर्णय गरेको थियो । 

    निर्णय भएको लामो समय भइसक्दा महसुल उठन नसकेको भन्दै प्राधिकरणका क्रियाशिल आधिकारीक टे«ड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी सङ्घ र कर्मचारी कल्याण परिषद्ले आइतवार ध्यानाकर्षण गराएको हो ।

    विद्युत्भार कटौतीको समयमा औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक वर्गका उद्योग प्रतिष्ठानले डेडिकेटेड र ट्रङ्क लाइनबाट बिजुली लिएका थिए । त्यसरी लिएको बिजुलीको महसुल मात्रै झण्डै रु ११ अर्ब बराबर रहेको छ । 

    २०७७, माघ १२ सोमवार०७:२९:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार