प्रधानमन्त्री शाहले समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

प्रधानमन्त्री शाहले समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

२०८३, बैशाख २ बुधवार

  • 525
    SHARES

  • प्रधानमन्त्री शाहले समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्नुहुने भएको छ ।

    छलफल कार्यक्रम आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    कार्यक्रममा सांसदहरूले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।

    अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    २०८३, बैशाख २ बुधवार०७:५७:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार