रास्वपा सचिवालय बैठक आज, के-के छन् एजेन्डा ?

रास्वपा सचिवालय बैठक आज, के-के छन् एजेन्डा ?

२०८३, बैशाख ६ आइतवार

  • 461
    SHARES

  • रास्वपा सचिवालय बैठक आज, के-के छन् एजेन्डा ?

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आइतबार पार्टीको सचिवालयको बैठक बोलाएका छन् ।

    बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्नेछ।

    बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत सम्बन्धमा छलफल हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    बैठकका लागि वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहलाई खबर पुगिसकेको भए पनि आउनेरनआउने निश्चित भइनसकेको स्रोतले जानकारी दिएको छ।

    २०८३, बैशाख ६ आइतवार०९:३८:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार