राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी

राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी

२०७७, माघ १२ सोमवार

  • 2.0K
    SHARES

  • राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी

    माघ १२, काठमाडौँ । 

    राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । 

    एफिएफ क्लबले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो । एपिएफ क्लबको यो लगातार दोस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले मध्यान्तरअघि नै ४–० गोलको अग्रता बनाएको थियो । मध्यान्तरपछिको खेलमा एपिएफले थप तीन गोल गर्यो ।

    खेलको नवौँ मिनेटमा एपिएफकी अनिता केसीले पहिलो गोल गरेकी थिइन् । खेलको २५ औँ मिनेटमा सावित्रा भण्डारीले आफ्नो व्यक्तिगत पहिलो गोल गरिन् । 

    खेलको ४२ औँ मिनेटमा भण्डारीले नै व्यक्तिगत दोस्रो, खेलको ७४ औँ मिनेटमा भण्डारीले व्यक्तिगत तेस्रो तथा खेलको ८९ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरेका थिए ।

    यस्तै अनिता केसीले खेलको ३५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । यसैगरी एपिएफकी सरु लिम्बुले खेलको ७२ औँ मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच सरु लिम्बु घोषित भइन्। एपिएफले पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले हराएको थियो । 

    विराटनगरले भने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकासँग एक एक गोलको बराबरी खेलेको थियो । महिला लिग फुटबलअन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । 

    २०७७, माघ १२ सोमवार०७:५४:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार