पश्चिमी र स्थानीय वायुको प्रभावले चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावले चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना

२०८३, बैशाख १५ मंगलवार

  • 349
    SHARES

  • पश्चिमी र स्थानीय वायुको प्रभावले चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ ।

    कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशीका धेरै स्थानहरूमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागमा एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । 

    कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    २०८३, बैशाख १५ मंगलवार०९:४८:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार