कहिले गर्ला एशियन हाईड्रोपावरले सातौँ वार्षिक साधारण सभा ?

कहिले गर्ला एशियन हाईड्रोपावरले सातौँ वार्षिक साधारण सभा ?

२०८३, बैशाख १८ शुक्रवार

  • 361
    SHARES

  • कहिले गर्ला एशियन हाईड्रोपावरले सातौँ वार्षिक साधारण सभा ?

    काठमाडौं । निरन्तर घाटा बेहोरिरहेको एशियन हाईड्रोपावरको सातौँ वारिषक साधारण सभा संचालनमा ढिलाई देखिएको छ । 

    इलाम जिल्लामा संचालित ६.२ मे.वा क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना अन्तर्गतको यस हाईड्रोले छैटौं साधारण सभा २०८१ पौषमा सम्पन्न गरे पनि सातौंँ सभा अनिश्चित देखिएको हो ।  

    २०७८ कार्तिक १५ गतेदेखि व्यापारिक उत्पादन आरम्भ गरिको आयोजनाले विद्युत उत्पादनको ४ वर्ष पुरा गरेको छ । 

    ३४ करोड मूल शेयर पूँजी कायम गरेको कम्पनीले रु १०० का दरले ११ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको छ । 

    प्रशासनिक तथा उत्पादन लागत बढेकाले आम्दानी घटेको २०८२/८३ को दोस्रो त्रैमासिक प्रतिवेदनमा जनाइएको छ । यद्यपि तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक हुन बाँकी नै छ ।

    हालको अपरिक्षित लेखा विवरणका अनुसार इपिएस अर्थात प्रति शेयर मूल्य आम्दानी माइनस ८.५ र पिई रेसियो माईनस ६३.७ रहेको छ । ०८२ फागुनबाट लकइन पिरियड समेत समाप्त भएको छ । 

    २०८३, बैशाख १८ शुक्रवार०५:५३:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार