उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

२०८३, बैशाख २५ शुक्रवार

  • 417
    SHARES

  • उपकुलपतिका लागि दरखास्त आह्वान

    काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ ।

    उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो ।

    समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो ।

    समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘वेबसाइट’मा राखेको छ ।

    २०८३, बैशाख २५ शुक्रवार१०:४४:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार