प्रधानमन्त्रीलाई काम गर्नबाट बाधक बनायो’

प्रधानमन्त्रीलाई काम गर्नबाट बाधक बनायो’

२०७७, माघ १२ सोमवार

  • 2.7K
    SHARES

  • प्रधानमन्त्रीलाई काम गर्नबाट बाधक बनायो’

    माघ १२, लमजुङ । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले ठूला–ठूला सपना देखेर विकास गर्दै अघि बढिरहेका प्रधानमन्त्रीलाई विकास गर्न नदिने खेल खेल्दै मुलुक समृद्धको बाधक बनेको बताएका छन् । 

    नेकपा बेँसीशहर नगर कमिटीद्वारा बेँसीशहरमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विश्वासको मत ल्याएर मुलुकको तीव्र विकास गरिरहेका केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदै देश सङ्कटतर्फ धकल्नका लागि प्रचण्डले ठूलो भूमिका खेलेकाले अहिलेको स्थिति पैदा भएको आरोप लगाए । 

    प्रधानमन्त्री ओली नेतृत्वको सरकारले मदनभण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, भारतबाट पाइप लाइनबाट तेल ल्याउने काम, रेलमार्ग, पानी जहाज सञ्चालन गर्ने, भारतले मिचेको नेपालको नक्सा बनाउने कामलगायतको धेरै काम गरे पनि प्रचण्ड लगायतले असफल भएको बनाउने खेल मात्रै गरेको उनको आरोप छ ।

    नेकपाका नेता टुका हमाल, डा भीष्मनाथ अधिकारी, जमिन्द्रमान घले, मोहनहरि पौडेल, गुमानसिंह अर्याल, फुलबहादुर थापा, महेन्द्रलाल श्रेष्ठ, लक्ष्मी अधिकारीलगायतले मुलुकमा विकासले तीव्र गति लिँदै गर्दा समाजमा केही नेताले समाप्त गर्ने खेल खेलिरहेकाले मध्यावधि चुनावका लागि सबै एकजुट भएर तयारीका साथ लाग्न आग्रह गरे । 

    २०७७, माघ १२ सोमवार०७:१९:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार