एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

२०८३, बैशाख २८ सोमवार

  • 481
    SHARES

  • एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार राति नतिजा सार्वजनिक गरिएको हो। यस वर्ष एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

    एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरिएको हो।

    यस वर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका थिए। यसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

    २०८३, बैशाख २८ सोमवार०९:४७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार