एमाले सचिवालय बैठक आजलाई स्थगित, सोमबारका लागि सर्‍यो

एमाले सचिवालय बैठक आजलाई स्थगित, सोमबारका लागि सर्‍यो

२०८३, जेठ २ शनिवार

  • 425
    SHARES

  • एमाले सचिवालय बैठक आजलाई स्थगित, सोमबारका लागि सर्‍यो

    काठमाडौँ । नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक सोमबारको लागि सरेको छ । एमालेले आज सचिवालय बैठक आह्वान गरेको थियो ।

    सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । 

    आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको उनले जानकारी दिए । 

    बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । 

    २०८३, जेठ २ शनिवार०८:२९:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार