वीरगञ्जबाट दुर्गा प्रसाईं पक्राउ

वीरगञ्जबाट दुर्गा प्रसाईं पक्राउ

२०८३, जेठ ५ मंगलवार

  • 525
    SHARES

  • वीरगञ्जबाट दुर्गा प्रसाईं पक्राउ

    पर्सा । पर्सा प्रहरीले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।

    पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई सोमबार राति ‘जरुरी पक्राउ पुर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

    “संयोजक प्रसाईलाई आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छौँ”, उहाँले भन्नुभयो । प्रसाई सोमबार बिहान यहाँको गहवामाई मन्दिर परिसरमा हुन लागेको कार्यक्रमका लागि यहाँ आउनुभएको थियो ।

    २०८३, जेठ ५ मंगलवार०९:१२:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार