काठमाडौं । सरकारको आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार वटा निर्णय गरेको छ।
सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गरेका छन्।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय:
- नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने
- विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने
- सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने
- भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने