काठमाडौं । काठमाडौं महानगरपालिका २९ नं वडाले महानगरव्यापी प्रथम वडा अध्यक्ष पौडी प्रतियोगिता संचालन गर्दै छ ।
प्रतियोगिता जेठ १६ र १७ गते बालाजु उद्यान पौडी पोखरीमा संचालन हुनेछ । महानगरभित्रका प्रतिभाशाली पौडी खेलाडीहरुको पहिचान गर्न तथा युवाहरुलाई आफ्नो प्रतिभा प्रस्फुटित गराउने उदेश्यले प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष कुश ढकालले जनाए ।
प्रतियोगितामा प्रत्येक वडाबाट बढिमा ८ जना सम्म भाग लिन पाउने छन् । नेपाल पौडी संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगितामा भाग लिन सम्बन्धित वडा मार्फत ११ गते सम्म नाम दर्ता गराईसक्नु पर्ने छ ।
वडास्तरिय पौडी प्रतियोगिता देशमै पहिलोपटक हुन लागेको हो । 