कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज 

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज 

२०८३, जेठ ७ बिहिवार

  • 473
    SHARES

  • कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज 

    विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

    हिजोदेखि सुरु भएको बजेट अधिवेशनमा आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

    प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

    नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याउने छ ।

    २०८३, जेठ ७ बिहिवार०९:५९:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार