डा तुलसी भट्टराईद्धारा महेन्द्रप्रियाका प्रधानाध्यापकलाई साहित्यिक कृति हस्तान्तरण

डा तुलसी भट्टराईद्धारा महेन्द्रप्रियाका प्रधानाध्यापकलाई साहित्यिक कृति हस्तान्तरण

२०८३, जेठ ९ शनिवार

  • 405
    SHARES

  • डा तुलसी भट्टराईद्धारा महेन्द्रप्रियाका प्रधानाध्यापकलाई साहित्यिक कृति हस्तान्तरण

    काठमाडौं । प्रसिद्ध साहित्यकार डा तुलसी भट्टराईले आफ्ना दुईवटा कृति हस्तान्तरण गरेका छन् ।

    भट्टराई कुलवंश प्रतिष्ठानको ७औं पूर्ण बैठकमा भागलिन सिन्धुपाल्चोक स्थित सिन्धुकोट धुसेनीचौर पुगेका डा भट्टराईले महेन्द्रप्रिया आधारभुत विद्यालयका प्रधानाध्यापक नेत्र प्रसाद भट्टराईलाई आफ्ना दुईवटा कृति 'प्रणय सुत्र' र 'उ पनि त मान्छे हो' हस्तान्तरण गरेका हुन् । 'प्रणय सुत्र' चिठी पत्र हो भने 'उ पनि त मान्छे हो' उपन्यास हो । 

    65.jfif

    भट्टराई परिवारका पुर्खाहरुको महत्वपूर्ण विर्तामानिने मेलम्ची ११ स्थित धुसेनीचौरमा कुलदेवीथान दर्शन तथा बैठक आयोजनाको सन्दर्भ पारेर उक्त कृतिहरु हस्तान्तरण गरिएका हुन् । डा भट्टराई दर्शनशास्त्रका समेत प्रख्यात विद्धान मानिन्छन् ।

    दुर्गा प्रसाद भट्टराई नेतृत्वको केन्द्रीय कार्यसमिति देशैभर पुगेर आफ्ना कुलका विर्ता खोज्ने, अध्ययन अनुसन्धान गर्ने एवं पितृमोक्ष धाम निर्माण गरेर कुलकुलायनको दर्शन तथा आराधनामा जागरुक बन्दै आएको छ । 

    २०८३, जेठ ९ शनिवार०९:३३:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार