एमाले सचिवालय बैठक आज पनि बस्दै, ओलीको अडानले कार्यकर्ता विचलित 

एमाले सचिवालय बैठक आज पनि बस्दै, ओलीको अडानले कार्यकर्ता विचलित 

२०८३, जेठ १० आइतवार

  • 333
    SHARES

  • एमाले सचिवालय बैठक आज पनि बस्दै, ओलीको अडानले कार्यकर्ता विचलित 

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा ११:३० बजेबाट सुरु हुनेछ।

    शनिबार नेताहरूको बोल्ने क्रम नसकिएपछि आजलाई पनि बैठक राखिएको हो। आजको बैठकमा अध्यक्ष ओलीले उठेका प्रश्नको जवाफ दिने बताइएको छ।

    यसअघि शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षहरू (पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण बिष्ट, र रघुजी पन्तं)ले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए।

    शनिवारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए। उनीहरूले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।

    सरकार संचालन गर्दा मनोमानी गरेकै शैलिमा पार्टी अगाडि बढाईरहेका ओली आफ्नो राजनीति र जिवनकै उत्तरार्धमा छन् । सामुहिक नेतृत्वप्रणालीको अवलम्बन गराउन कम्मर कसेर लागेका ओली सोही पद्धति पार्टिमा भित्रयाएसँगै आफ्नै पुर्ववर्ती सिद्धान्तमा विचलित देखिएका छन् ।

    जेन्जी आन्दोलनताका सरकारबाट अपदस्थ भएसँगै राजनीतिमा उनको राजनीतिक ग्राफ तिब्रगतिमा ओरालो लागेको देखिएको छ ।

    समग्र बस्तुस्थिति ठम्याउन सक्ने क्षमता समेत गुमाईसकेका ओलीले सम्मानजनक बहिर्गमनको सट्टामा पार्टीमै टाँसिरहनाले कार्यकर्ता बिचलित देखिएका छन् ।  

    २०८३, जेठ १० आइतवार०९:३७:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार