बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

२०८३, जेठ ११ सोमवार

  • 529
    SHARES

  • बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

    हेटौँडा । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

    आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

    बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन् ।

    वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।

    २०८३, जेठ ११ सोमवार०९:१०:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार