पुर्खाको विर्ता खोज्दै सिन्धुकोट पुग्यो भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय समिति

पुर्खाको विर्ता खोज्दै सिन्धुकोट पुग्यो भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय समिति

२०८३, जेठ ११ सोमवार

  • 1.7K
    SHARES

  • पुर्खाको विर्ता खोज्दै सिन्धुकोट पुग्यो भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय समिति

    काठमाडौं । आधुनिक विकास प्रविधि सहितको चिन्तनमननले मानवबस्ती बसाउन चन्द्रमा र मंगलग्रह ताकिरहँदा भट्टराईहरु पितापुर्खाको विर्ता खोज्दै सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट पुगेका छन् । 

    पुर्खाको थातथलो खोज्दै संस्कार, संस्कृति र परम्पराको जगेर्नामा तल्लिन देखिएको भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रीय समितिले मेलम्ची नगरपालिका ११ नं वडाको धुसेनीचौरमा ७ औं पूर्णबैठक समेत आयोजना गरेको छ । बागमती प्रदेश र सिन्धुपाल्चोक जिल्लाको संयुक्त व्यवस्थापनमा आयोजना गरिएको ऐतिहासिक बैठकमा देशैभरबाट अध्ययन अनुसन्धानमा रुची राख्नेहरु सहित विभिन्न प्रदेश पदाधिकारीहरुको जमघट रहेको थियो ।

    10.jfif

    वशिष्ठ रिशीका सन्तानहरुमा १३ औं पुस्ता पछिका ऋषिश्वरले सिन्धुकोटको धुसेनीमा विर्ता पाई भट्टराईहरुको बसोबास स्थापित गरेकोमा केही समयपछि यहि स्थानबाट गाम्नांग, भुल्के, चिसंखु आदि ठाउँमा बसाइसराई गरि कुलवंशको विस्तार गरेको पाइएकाले धुसेनीलाई भट्टराईहरुको वंशविस्तारको मूलस्थल मानिएको प्रा.डा. ध्रुव प्रसाद भट्टराईले बताए ।

    जिल्लाको अत्यन्तै आकर्षक भेगको रुपमा रहेको यस स्थानमा कुलथानको संरक्षण गर्नमा भने भट्टराईहरु चुकेका देखिए । काठका खम्बा भाँचिएर भुईँमा टेकेरै कुलथान जोगाएको देखिँदा सबैको अनुहार मलिन देखिन्थ्यो ।

    7.jfif

    यद्यपि आगामी वर्षमा कुलथानलाई व्यवस्थित रुपमा निर्माण गरेरै छाड्ने प्रतिवद्धता जिल्ला अध्यक्ष शिवराम भट्टरार्एले जनाए । चितवन महाधिवेशनलाई ऐतिहासिक बनाउँदै आफुले संस्थापना गरेको प्रतिष्ठानलाई सहि दिशा दिन चुकेका २१ नं वंशका तत्कालिन अध्यक्ष शेर बहादुर भट्टराईलाई समेत सहभागीले स्मरण गरेका थिए ।

    महाधिवेशन पश्चात सुझबुझपूरण तरिकाले प्रतिष्ठानलाई अगाडी बढाएका तत्कालिन सह-अध्यक्ष तथा वर्तमान अध्यक्ष दुर्गा प्रसाद भट्टराईले आफ्नो कार्यकाललाई स्मरणयोग्य बनाउने गरि नाम लेखाउन सफल भए भन्दा अत्युत्ति नहोला सहभागीको भनाई थियो ।

    89.jfif

    पुर्खाको कुलथानबाट केन्द्रीय कार्यालयमा निर्माण हुँदै गरेको पितृमोक्षधाम निर्माणका लागि जिल्ला अध्यक्ष शिवराम भट्टराई र वागमती प्रदेश अध्यक्ष नारायण भट्टराईले कुलदेव स्थलको शिला र माटो समेत केन्द्रीय अध्यक्षलाई हस्तान्तरण गरे । बैठक तथा विविध कार्यक्रम जेठ ९ गते शनिवार संचालन भएको थियो । छैटौँ बैठक पर्वतको व्यादीमा संचालन भएको थियो । 

    बैठक पश्चात केन्द्रीय टोली कोशी प्रदेशको संयोजनमा जिल्ला कार्यसमिति निर्माणका लागि ओखलढुंगा, सोलुखुम्बु, खोटागं हुँदै झापा जाने कार्यक्रम रहेको प्रवक्ता मनोज कुमार भट्टराईले बताए । 

    6.jfif4.jfif33.jfif2.jfif

    २०८३, जेठ ११ सोमवार१०:०३:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार