काठमाडौं । नीति, विधि र सिद्धान्तका मामलामा होस् या वर्गिय जनता र जनजिविकाका आवाजका सन्दर्भमा अग्रणी अवस्थामा रहेको नेकपा एमाले आज प्राण विनाको शरिर जस्तो बनेको छ ।
पुष्पलालले स्थापना गरेको पार्टीलाई मदनको विचार र मनमोहनको शासन संचालनको अनुकरणीय पद्धतिले झण्डैँ तिन दशक जनतालाई मन्त्रमुग्ध नै बनायो । एमालेको पूर्ण बहुमतको सरकार हेर्न लालायित जनताले २०७४ मा कम्युनिष्टको एकता पश्चात भएको निर्वाचनमा झण्डैँ दुईतिहाई मत पनि दिए ।
पार्टीको प्रमुख नेतृत्वमा थिए हालका एमाले अध्यक्ष केपी शर्मा ओली र दोश्रो नेता प्रचण्ड । जति प्रचण्डको जिम्मेवारी थियो त्यसको दशौँ गुणा जिम्मेवारी थियो केपी ओलीको ।
तर, त्यसपछिका दिनमा ओली र उनको टिम यसरी देखिन सुनिन थाल्यो की जसले भुईँ मान्छेलाई अपमान अपहिेलित मात्र गरेन, आफ्रनै जुझारु र स्वाभिमानी कार्यकर्तामाथि हुर्मत र दमन नीति लिएर हजारौं कार्यकर्तालाई पाखा लाग्न बाध्य बनायो ।
पार्टीमा हस् बहादुरको मात्र झुण्ड तयार गरियो । जसले आफ्नो र आफुलाई सेवक बनाउनेको अप्ठयारो अवस्था केही हदसम्म सम्बोधन त गर्यो तर जनताको मन र मतबाट धेरैपर धकेलियो अर्थात पार्टी र जनता बिचको सम्बन्ध नराम्ररी टुट्यो ।
यसको एउटा प्रमाणका लागि फागुन २१ मा भएको आमनिर्वाचनमा पार्टी संगठन करिव १० प्रतिशतले मात्र चल्यो एमाले नेताहरु नै स्विकार्छन् । तर पार्टी अध्यक्ष ओली सहितको पहिलो र दोश्रो पुस्ता उक्त तथ्य स्विकार्न तयार देखिन्नन् ।
यसको अर्थ हुन्छ यो पार्टी सानोतिनो रोगबाट ग्रस्त छैन । ठूलै सर्जरीको आवश्यकता छ । पार्टी लेवीको दुरुपयोग, भ्रष्टाचार, नातावाद, कृपावाद, चाकरीवाद र हस्वाद अबका संघिन मुद्धा देखिएका छन् ।
जुन् मुद्धालाई छलफल तथा सुधार गरेर जान ओली सहितको दुवै पुस्ता तयार देखिन्नन् । यसले नेता र कार्यकर्ता बिचको घर्षण तथा ध्रुविकरण झनै बढ्ने निश्चित छ ।
यो अवस्थामा एमाले भित्र सदस्यता नविकरण नगराउने अभियान समेत देशैभर चल्दै गरेको पाइएको छ ।