आइपिएल: हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आइपिएल: हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

२०८३, जेठ १४ बिहिवार

  • 2.6K
    SHARES

  • आइपिएल: हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

    एजेन्सी । इन्डियन प्रियर लिगमा राजस्थान रोयल्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। बुधबार राति सम्पन्न इलिमिनेटर चरणको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ४७ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गर्‍यो। अब फाइनल प्रवेशका लागि राजस्थानले शुक्रबार गुजरात टाइटन्सको सामना गर्नेछ।

    न्यु चन्ढीगढमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानका लागि ओपनर वैभव सूर्यवंशीले २९ बलमा १२ छक्का र ५ चौकाको सहयोगमा ९७ रनको विष्फोटक इनिङ खेले। उनी बाहेक ध्रुव जुरेलले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाउँदा यश्स्वी जैसवालले २९ रन र कप्तान रियान परागले २६ रन बनाएका थिए। त्यस्तै डोर्नोभान फेरेराले १२ रन बनाए।

    २४३ रनको जवाफमा सनराइजर्स हैदराबाद १९.२ ओभरमा १ सय ९६ रनमा अलआउट भयो। उसका लागि नितिश कुमार रेड्डीले ३८ रन बनाउँदा साली आरोराले ३५ रन बनाए। त्यस्तै इशान किशनले ३३ रन बनाउँदा शिभांग कुमारले २७ रन बनाएका थिए। राजस्थानका लागि जोफ् आर्चरले ३ विकेट लिँदा नन्दे वर्गर, शुशान्त मिश्र र रवीन्द्र जडेजाले समान २-२ विकेट लिए।

    २०८३, जेठ १४ बिहिवार०८:३०:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार