आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै

२०८३, जेठ १५ शुक्रवार

  • 525
    SHARES

  • आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै

    काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे विस्तृत जानकारी गराएका छन्।

    बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०का मुख्य प्राथमिकता र सिद्धान्तबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन्।

    भेटघाटका क्रममा अर्थमन्त्री डा। वाग्लेले संसद्‌मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन समेत राष्ट्रपति पौडेलसमक्ष हस्तान्तरण गरे।

    राष्ट्रपति र अर्थमन्त्रीबीच आगामी बजेटका नीति तथा कार्यक्रमहरूका विषयमा समेत संक्षिप्त छलफल भएको जनाइएको छ।

    संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्री डा. वाग्लेले शुक्रबार (जेठ १५ गते) अपराह्न ४ बजे बस्ने संसद्‌को संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया तयारी भईसकेको छ । 

    २०८३, जेठ १५ शुक्रवार०३:५७:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार