निजी शिक्षा तथा स्वास्थ्य सेवाको छनोट गर्नेलाई तीन प्रतिशत कर

निजी शिक्षा तथा स्वास्थ्य सेवाको छनोट गर्नेलाई तीन प्रतिशत कर

२०८३, जेठ १६ शनिवार

  • 385
    SHARES

  • निजी शिक्षा तथा स्वास्थ्य सेवाको छनोट गर्नेलाई तीन प्रतिशत कर

    काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षपछि निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूबाट तीन प्रतिशत कर असुल्ने भएको छ । आज सार्वजनिक बजेटमा ‘शिक्षा तथा स्वास्थ्य समता शुल्क’को नाममा यो कर लिने घोषणा गरेको हो ।

    यसको अर्थ अब विद्यार्थीहरूले बुझाउँदै आएको शुल्क तीन बढ्ने भएको छ ।

    बजेट व्यक्तव्यमा भनिएको छ, ‘निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशतका दरले शिक्षा समता शुल्क असुल उपर गरिनेछ ।’

    त्यस्तै, निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट तीन प्रतिशत कर असुल्ने भएको छ । स्वास्थ्य सम्बन्धी बुँदामा भनिएको छ, ‘निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था सञ्चालन गर्ने व्यक्तिले विरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा तीन प्रतिशतका दरले स्वास्थ्य समता शुल्क असुल उपर गरिनेछ ।’

    २०८३, जेठ १६ शनिवार०८:३५:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार