काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ११ ले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई तीर्थाटन लगेको छ ।
वडाले आफ्नो क्षेत्र भित्रका ७० वर्ष उमेर पुगेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउन पलाञ्चोक लगेको हो ।
वडाका सहोदर दाजुभाइ ८७ वर्षिय हीरामान डंगोल र ८५ वर्षिय मचाम डंगोल एकैसाथ हुँदा दंग देखिन्थे । दिनभर घर वरपर मात्र रहने बृद्धबृद्धा वडाको संयोजनमा तिर्टान गर्न पाउँदा रमाएका देखिन्थे ।
यात्रा अवधिभर उनीहरुले एकअर्का सँग गफिँदै आफ्ना दुखसुखका कुरा साटासाट गर्न पाउँदा निकै प्रफुल्लित समेत देखिन्थे ।
एक्लोजिवन दुखको रहेकोमा वडाले सम्झिएर तिर्थाटन सम्म गराउँदा निकै खुशी लागेको सहभागीको भनाई थियो ।