सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

२०८३, जेठ २० बुधवार

  • 313
    SHARES

  • सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

    काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।

    उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रास्वपाले जनाएको छ ।

    सभापति लमिछाने भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गर्नुभएको हो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी नीकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ ।

    २०८३, जेठ २० बुधवार०८:५७:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार