नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा सिएमसी कलेज देशकै उत्कृष्ट, नेपाली सेना तेस्रो

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा सिएमसी कलेज देशकै उत्कृष्ट, नेपाली सेना तेस्रो

२०८३, जेठ २१ बिहिवार

  • 381
    SHARES

  • नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा सिएमसी कलेज देशकै उत्कृष्ट, नेपाली सेना तेस्रो

    चितवन । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) देशकै सर्वोत्कृष्ट कलेज बन्न सफल भएको छ।

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले यस वर्ष ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै पहिलो स्थान हासिल गरेको हो।

    जेठ १२ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त परीक्षामा सिएमसीबाट एमबिबिएस तह पूरा गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका छन्।

    काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्र देशको नतिजा हेर्दा एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

    उत्कृष्ट कलेजहरूको सूचीमा ९२.२१ प्रतिशत (७७ मध्ये ७१ जना) विद्यार्थी उत्तीर्ण गराएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो भएको छ।

    त्यस्तै, ८९.७७ प्रतिशत (८८ मध्ये ७९ जना) विद्यार्थी सफल गराउँदै नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान तेस्रो स्थानमा समेटिएको छ।

    तथ्याङ्कअनुसार भारतमा पढेका ४२.३१ प्रतिशत, बङ्गलादेशमा पढेका ४१.१४ प्रतिशत, फिलिपिन्समा पढेका २८.५७ प्रतिशत र चीनमा अध्ययन गरेका केवल १५.०४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन सकेका छन्।

    २०८३, जेठ २१ बिहिवार०८:३१:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार