परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै

परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै

२०८३, जेठ २१ बिहिवार

  • 537
    SHARES

  • परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएका छन् । सभापति रवि लामिछाने फर्किए लगत्तै भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा शनिबार तीनदिने औपचारिक भ्रमणका लागि खनाल दिल्ली जान लागेका हुन् ।

    खनालले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा कनेक्टिभिटी, सीमा विवाद, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलमार्ग, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान विस्तार तथा व्यापार–पारवहनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

    २०८३, जेठ २१ बिहिवार०८:५४:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार