काठमाडौं । भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष राजेश कुमार भट्टराईले वृद्धवृद्धालाई सम्मान गरेका छन् ।
शुक्रवार सिनामंगल पञ्चकुमारी मन्दिर प्रांगणमा सो क्षेत्रका ५ जना वृद्धवृद्धालाई भट्टराईले खादा, माला, दोसल्ला लगाएर सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा ९३ वर्षिय मायादेवी अर्याल, रुकु थापा ८०, सावित्री लामिछाने ८२, रामप्रसाद चापागाईँ ८४, गणेश कुमारी लिंगल ८० का साथै पञ्चकुमारी समाजका अध्यक्ष चूडामणी अर्याल रहेका छन् ।
सोही अवसरमा संस्केत विद्यापीठका छात्रछात्राका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार बस्ताकोटी मार्फत शैक्षिक सामाग्री समेत हस्तान्तरण गरियो । उनको ६७ औं जन्मदिवस विशेष बनाउने क्रममा सन्ध्या आरती समेत गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठान वागमती प्रदेश अध्यक्ष नारायण प्रसाद भट्टराई, पुर्व न्यायाधिश मेघनाथ भट्टराई, प्रतिष्ठान पदाधिकारी सहित सयौंको उपस्थिति रहेको थियो ।
