काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३२ ले महिला कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
शनिवार वडाको आयोजनामा “महिला सञ्जाल कानुनी सचेतना” कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमले महिलाहरूलाई कानुनी अधिकार, कर्तव्य, न्यायमा पहुँच तथा समसामयिक कानुनी विषयहरूबारे महत्वपूर्ण जानकारी प्रदान गरेको थियो । उक्त कार्यक्रममा करिव ५०० को सहभागिता रहेको थियो ।

कानुनका विषयमा जानकारी दिन पाउँदा आफुलाई खुशी लागेको वडा सदस्य हिरादेवी पोखरेलले जनाइन् । पोखरेल वडाकी सक्रिय तथा जुझारु जनप्रतिनिधिको रुपमा स्थापित छन् ।
वडाध्यक्ष नवराज पराजुलीको विशेष आतिथ्यतामा संचालन भएको कार्यक्रममा सामुदायिक प्रहरी, स्थानिय महिला संजाल लगायतको उपस्थिति रहेको थियो ।