भुटानमा ५.३ म्याग्निच्युडको भूकम्प, नेपालसहित पाँच देशमा धक्का महसुस

भुटानमा ५.३ म्याग्निच्युडको भूकम्प, नेपालसहित पाँच देशमा धक्का महसुस

२०८३, जेठ २५ सोमवार

  • 433
    SHARES

  • भुटानमा ५.३ म्याग्निच्युडको भूकम्प, नेपालसहित पाँच देशमा धक्का महसुस

    काठमाडौँ । भुटानको ऐतिहासिक सहर पुनाखालाई केन्द्रबिन्दु बनाएर आइतबार राति शक्तिशाली भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाली समय अनुसार राति ११:२१ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु पुनाखा सहरबाट करिब ५ किलोमिटरको दूरीमा रहेको प्रारम्भिक अनुमान गरिएको छ।

    यस भूकम्पको धक्का भुटानमा मात्र सीमित नरहेर आसपासका छिमेकी मुलुकहरूमा समेत महसुस गरिएको थियो। भुटानसहित नेपाल, भारत, बंगलादेश र चीनको केही भूभागमा यसको प्रभाव परेको समाचारमा जनाइएको छ।

    नेपालको सन्दर्भमा भने पूर्वी क्षेत्रका भूभागहरूमा भूकम्पको धक्का स्पष्ट रूपमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ।

    २०८३, जेठ २५ सोमवार०८:०८:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार