खेलकुदमय बन्दै बौद्ध क्षेत्र, वडाको सहयोग

खेलकुदमय बन्दै बौद्ध क्षेत्र, वडाको सहयोग

२०८३, जेठ २५ सोमवार

  • 345
    SHARES

  • खेलकुदमय बन्दै बौद्ध क्षेत्र, वडाको सहयोग

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ६ को सहयोगमा बौद्धक्षेत्रमा विविध खेलकुद संचालन हुने भएका छन् ।

    क्षेत्रका क्लवहरुसँगको सहकार्यमा फुटसल, बास्केटबल र व्याडमिन्टन प्रतियोगिता संचालन हुने भएका हुन् । फुटसल र बास्केटबल विद्यालयस्तरीय हुनेछन् भने व्याडमिन्टन वडास्तरीय रुपमा संचालन हुनेछन् ।

    ५ ए साइड फुटसल प्रतियोगिता बौद्ध फुटबल क्लवले सहजीकरण गर्ने छ भने बास्केटबल प्रतियोगिता बौद्ध स्तुपा क्लवले संचालन गर्नेछ । फुटसल र बास्केटबलमा करिव २५ वटा भन्दा बढी विद्यालयहरु सहभागी हुनेछन् ।

    त्यस्तै, वडास्तरीय व्याडमिन्टन प्रतियोगिता टुसाल युवा क्लवले संचालन गर्ने छ । बास्केटबल जेठ २६ गतेबाट संचालन हुनेछ । 

    २०८३, जेठ २५ सोमवार११:२०:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार