काठमाडौं । नेपाल भारत मैत्री संघ काठमाडौं जिल्ला शाखाले एकदिने आँखा तथा दाँत शिविर संचालन गरेको छ ।
आइतवार शंखरापुर नगरपालिका वडा नं ३ स्थित श्री शिलादेवी आधारभूत विद्यालय, ढोक्सानको प्रांगणमा दाँत तथा आँखा शिविर संचालन भएको हो ।
शिविरमा २ सय ५३ जनाले दाँत परिक्षण गराएका थिए भने २ सय ५१ जनाले आँखा परिक्षण गराए । जसमा ७ जनालाई मोतियाबिन्दु देखिएको थियो । सो मध्ये ६ जनाको मंगलवार तिलगंगा आँखा अस्पतालमा सर्जरी गरियो ।

तिलगंगा आँखा प्रतिष्ठान तिलगंगा र समाज डेण्टल अस्पतालसँगको संयुक्त सहकार्यमा शिविर संचालन गरिएको थियो । शिविरमा मैत्रीसंघका सहअध्यक्ष बोधकृष्ण सुवेदीले विशेष आतिथ्यता प्रदान गरेका थिए ।
जिल्लाको दुर्गम मानिने पुर्वउत्तर कुनामा भएको कार्यक्रममा स्थानीयवासीले उत्सहजनक सहभागिता जनाएका जिल्ला अध्यक्ष जानुका कार्की गिरीले जनाइन् ।