भोलि पुरुषोत्तममासको अन्तिम दिन, कसरी भगवान विष्णु सो समयको देवता भए ?

भोलि पुरुषोत्तममासको अन्तिम दिन, कसरी भगवान विष्णु सो समयको देवता भए ?

२०८३, जेठ ३१ आइतवार

  • 853
    SHARES

  • भोलि पुरुषोत्तममासको अन्तिम दिन, कसरी भगवान विष्णु सो समयको देवता भए ?

    काठमाडौं । पुरुषोत्तममासलाई अधिकमास वा मलमास पनि भनिन्छ । कतिपयलाई लाग्न सक्छ यो अधिकमास, मलमास वा पुरुषोत्तममास भनेको के हो ? आउनुहोस् यस बारेमा छोटो जानकारी लिऊॅ: 

    'हामीले महिना गन्दा सामान्यतया वैशाख, जेठ भन्दै बार महिना भन्दै जॉदा चैतपछि आउने महिना वैशाख हो । वैशाखसम्म आउॅदा महिनाको एक चक्र पूरा हुने हुनाले वैशाखदेखि नयॉ वर्ष सुरु हुन्छ । यो एक वर्षमा जम्मा ३६५ दिन हुन्छन् ।

    ३६५ दिनमध्ये सूर्य एक राशिमा रहने दिनअनुसार बार महिनामा कुनै महिना २९ दिनका, कुनै ३० दिनका र कुनै एकतिस दिनका हुन्छन् । यी बार महिनामा जम्माजम्मी ३६५ दिन हुन्छन् । यसरी सूर्य महिनामा रहने दिनअनुसार महिना र वर्षको गणना गर्ने विधिलाई सौरमास भनिन्छ ।

    यसै गरी चन्द्रमाअनुसार पनि समयको गणना गरिन्छ । चन्द्रमाअनुसार समयको गणना गर्ने विधिलाई चान्द्रमास भनिन्छ । चान्द्रमासअनुसार एक वर्ष ३५४ दिनको हुन्छ । यसरी सौरमासअनुसार ३६५ र चान्द्रमासअनुसार ३५४ दिनको एकवर्ष हुॅदा बिचमा वर्ष दिनमा ११ दिन फरक पर्यो ।

    यही ११ दिन जम्मा हुॅदै जॉदा जब एक महिना पुग्छ यो बढी भएर एक महिना भएकाले यो बढी भएको महिनालाई नै अधिकमास भनिन्छ । यसैलाई मलमास पनि भनिन्छ । अरू सबै महिनाका आआफ्ना देवता भएका तर अधिकमासका कुनै पनि देवता नभएकामा विष्णु अर्थात् पुरुषोत्तमले यो अधिकमासको देवता हुन तयार रहेकाले उनै पुरुषोत्तमको नामका आधारमा यो अधिकमास वा मलमासलाई पुरुषोत्तममास भनिएको हो ।

    त्यसैले यो महिनामा पुरुषोत्तम अर्थात् विष्णुबाहेक अरूलाई पूजा गरिॅदैन गरे पनि फल पाइॅदैन तर विष्णुलाई पूजाआराधना गरे अत्यधिक फल पाइने भएकाले यो महिनामा विष्णु मन्दिरमा गएर विष्णुको पूराआराधना गर्ने प्रचलन छ ।'- प्राध्यापक डाक्टर ध्रुव भट्टराईले बताए । 

    २०८३, जेठ ३१ आइतवार०३:२५:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार