रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

२०८३, आषाढ २ मंगलवार

  • 329
    SHARES

  • रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ ।

    पछिल्लो विवरणअनुसार ६०९ पालिका, चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन रहेको छ ।

    त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु रहेको रास्वपाले जनाएको छ ।

    त्यस्तै हालसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रुकुमपूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

    यसैगरी सिन्धुपाल्चोक, सिरहा, महोत्तरी, रौतहटमा अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएको उहाँले बताउनुभयो ।

    रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७, ८ र ९ चितवनमा आयोजना हुनेगरी तयारी तीव्र भइरहेको सो पार्टीले जनाएको छ ।

    २०८३, आषाढ २ मंगलवार०८:३१:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार