सौन्दर्यकर्मीद्वारा मानव सेवामा आश्रितहरुको केश सुधार

सौन्दर्यकर्मीद्वारा मानव सेवामा आश्रितहरुको केश सुधार

२०७७, माघ १३ मंगलवार

  • 2.4K
    SHARES

  • सौन्दर्यकर्मीद्वारा मानव सेवामा आश्रितहरुको केश सुधार

    माघ १३, कर्णाली ।

    राष्ट्रिय सौन्दर्यकर्मी नेपाल कर्णाली प्रदेशले मानव सेवाआश्रम सुर्खेतमा आश्रितहरुको केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले सोमबार आश्रममा आश्रित मानवहरुको केश काटेर सुधार गरेको हो । 

    केश काट्नुका साथै उनीहरुको व्यक्तिगत सरसफाइ गरिएको सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रमी शाक्यले बताइन् । ‘मानव सेवा नै सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मानवसेवा आश्रममा आश्रितहरुको केश सुधार गरिएको अध्यक्ष शाक्यले बताइन् ।

    मानव सेवाआश्रम कर्णाली प्रदेशका संयोजक सृजना ओलीले सौन्दर्यकर्मीहरुको यसप्रकारको सहयोगबाट निकै खुशी मिलेको बताइन् । “सडकबाट आएकाहरुलाई सेवा गर्न मानिसहरु हत्तपत्त आउँदैनन्”, संयोजक ओलीले भनिन्, “यद्यपि हाम्रो सानो अनुरोधमा युनियनका प्रदेश अध्यक्षले सौन्दर्यकर्मीहरुको साथ सहयोगमा केश सुधार गरिदिनुभएको छ ।”

    उनले कोरोना महामारीका कारण भएको लकडाउनले आश्रममा आश्रित आमाबुबाहरुको केश काटेर पवित्र सहयोग गरेको भन्दै सौन्दयकर्मी युनियन नेपाललाई हार्दिक धन्यवाद दिएका थिए । नौ सौन्दयकर्मीले ५० आश्रित मानवको केश काटेका थिए । 

    २०७७, माघ १३ मंगलवार०७:३२:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार