जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको म्याद

जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको म्याद

२०८३, आषाढ २३ मंगलवार

  • 261
    SHARES

  • जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको म्याद

    काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिँदै म्याद पुर्जी जारी गरेको छ।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा केही महत्त्वपूर्ण विषयमा बयान लिनुपर्ने भएकाले विभागले उनलाई उपस्थित हुन बोलाएको जनाएको छ। विभागले मंगलबार बुढानीलकण्ठस्थित उनको निवासमा म्याद पुर्जी टाँस गरेको हो।

    विभागद्वारा प्रकाशित सूचनाअनुसार, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम सूचना प्रकाशित भएको मितिदेखि बाटोको म्यादबाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको ‘बी’ ब्लकमा रहेको विभागको कार्यालयमा उपस्थित हुन भनिएको छ। तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

    यसअघि पनि सोही अनुसन्धानका क्रममा विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासँग बयान लिइसकेको छ।

    जयवीर देउवालाई भने अनुसन्धानका थप विषयमा सोधपुछका लागि उपस्थित हुन म्याद जारी गरिएको विभागको सूचनामा उल्लेख छ।radio.jpg

    २०८३, आषाढ २३ मंगलवार११:५६:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार