राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको ऋणपत्र जारी, आजदेखि बोलकबोल खुला

राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको ऋणपत्र जारी, आजदेखि बोलकबोल खुला

२०८३, आषाढ २३ मंगलवार

  • 417
    SHARES

  • राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको ऋणपत्र जारी, आजदेखि बोलकबोल खुला

    काठमाडौं। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘ऋणपत्र २०८४ ‘ङ’ को बोलकबोलका लागि आह्वान गरेको छ।

    राष्ट्र बैंकले बुधबार जारी गरेको सार्वजनिक सूचनाअनुसार उक्त ऋणपत्रका लागि अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

    सूचनाअनुसार सहभागी संस्थाले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछि चार अंकसम्म) उल्लेख गरी बोलकबोल गर्नुपर्नेछ।

    राष्ट्र बैंकले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम २५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिने जनाएको छ। बोलकबोल रकम ५ करोड रुपैयाँको गुणक (Multiple) मा हुनुपर्ने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकले बजारमा रहेको तरलता व्यवस्थापन तथा सरकारी आन्तरिक ऋण परिचालनका लागि समय-समयमा यस्ता ऋणपत्र जारी गर्दै आएको छ।

    २०८३, आषाढ २३ मंगलवार१२:१७:५५
    प्रतिक्रिया
    सम्बन्धित समाचार