बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२०८३, आषाढ २५ बिहिवार

  • 337
    SHARES

  • बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    कालीकोट । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालिकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पशु सेवा कार्यालय कालिकोटले बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो ।

    जिल्लाभित्र कुखुरामा बर्डफ्लु फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्वतयारमा रहन कुखुरा पालक किसानलाई अनुरोध गरिएको छ । कुखुरा फार्म, मासु पसल तथा कुखुरा पालक किसानलाई रोग नियन्त्रणका लागि पूर्वतयारमा रहन अनुरोध गरिएको जिल्ला पशु कार्यालयका प्रमुख धनबहादुर महतले जानकारी दिए ।

    “हालसम्म जिल्लामा बर्डफ्लुको कुनै शङ्कास्पद घटना वा सङ्क्रमण पुष्टि भएको छैन,” उनले भने, “रोग नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाई सचेतना फैलाउने काम भइरहेको छ ।”

    जिल्ला बाहिरबाट जीवित कुखुरा तथा चल्ला भित्र्याउँदा निगरानी बढाउने, फार्ममा जैविक सुरक्षाका मापदण्ड पालना गर्ने, अनावश्यक व्यक्तिलाई प्रवेश नदिने, दाना–पानी सफा राख्ने तथा कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न आग्रह गरिएको प्रमुख महतले बताए। 

    उनका अनुसार कुखुरामा शंकास्पद लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ । 

    २०८३, आषाढ २५ बिहिवार०८:२८:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार