अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारवाहीको चेतावनी

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारवाहीको चेतावनी

२०८३, आषाढ २६ शुक्रवार

  • 409
    SHARES

  • अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारवाहीको चेतावनी

    काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए-लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारवाही गरिने चेतावनी दिएको छ।

    गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई प्रभावकारी बनाउन कडाइ सुरु गरेको हो।

    मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पाइएकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताए।

    मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरोकार भएका सबैसँग आग्रह गरेको छ।

    उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त नियमावली लागू गरिएको मन्त्रालयले जनाएको छ। नियमावलीअनुसार अब नेपालमा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने शैक्षिक कार्यक्रमका लागि नयाँ मापदण्ड लागू हुनेछन्।

    मन्त्रालयले नियमावली कार्यान्वयनमा सबै शैक्षिक संस्थालाई कानुनी प्रक्रिया पूरा गर्न र निर्धारित मापदण्ड पालना गर्न आग्रह गरेको छ।

    २०८३, आषाढ २६ शुक्रवार०१:२८:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार