मौसम सतर्कता: तीन दिनसम्म ३२ भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम

मौसम सतर्कता: तीन दिनसम्म ३२ भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम

२०८३, आषाढ २९ सोमवार

  • 513
    SHARES

  • मौसम सतर्कता: तीन दिनसम्म ३२ भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम

    काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । 

    पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासीपूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपास जिल्लाका साना नदीमा बाढी आउने लेखिम रहेको छ ।  

    विभागका बाढीविद् विनोद पराजुलीले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र अन्य आसपास जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताउनुभयो । 

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना  छ ।

    आज राति भने कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

     

    २०८३, आषाढ २९ सोमवार११:४८:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार