घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

२०८३, श्रावण ७ बिहिवार

  • 317
    SHARES

  • घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

    जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ । 

    आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।

    लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ ।

     

    २०८३, श्रावण ७ बिहिवार०२:२८:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार