ओली र प्रचण्डले गरे तीन बुँदे सहमतिः कार्यकरतापंक्ति आक्रोशित 

ओली र प्रचण्डले गरे तीन बुँदे सहमतिः कार्यकरतापंक्ति आक्रोशित 

२०८३, श्रावण १० आइतवार

  • 913
    SHARES

  • ओली र प्रचण्डले गरे तीन बुँदे सहमतिः कार्यकरतापंक्ति आक्रोशित 

    काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा तीन बुँदे सहमति भएको छ।

    प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तिव्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता भएको हो। सहमति पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका  छन् । 

    शनिबार भएको सहमतिअनुसार पाँच वटा प्रदेशको नेतृत्व बाँडफाँट टुङ्ग्याइएको छ। जसअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्नेछ। त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्ने सहमति भएको छ।

    मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ।

    पछिल्लो समय प्रदेशहरूमा बजेट निर्माणमा देखिएको असमझदारी र बजेटविहीनताको अवस्थालाई मध्यनजर गर्दै राजनीतिक स्थिरता कायम गर्न यो कदम चालिएको दुई दलले जनाएका छन्।

    जनताको चाहनाअनुरूप प्रादेशिक विकासलाई अघि बढाउन संयुक्त सरकार गठन गर्ने र प्रदेश सभाहरूमा प्रभावकारी सहकार्य गर्ने निर्णय गरिएको छ।

    यता ओली र प्रचण्डले सहमति गरे पनि पार्टीको सानो तप्काले सत्ता पाउने आशामा चुपचाप छ भने अन्य अधिकांश कार्यकर्ता भने आक्रोशित देखिएका छन् । जनताको तहमा झण्डैंँ ८५ प्रतिशत जनमत गुमाएको देखिएका नेताद्धय पार्टी र सत्ताशक्ति सँगै रहन चाहन्छन् ।

    पार्टी पुनर्गठनका पक्षमा ८७ प्रतिशत कार्यकर्ताले मत दिए पनि ओलीले वेवास्ता गर्दै आएका छन् । यता प्रचण्ड संसदमा आफ्नो अवस्था दयनिय देखिए पछि संसद बैठकमै भाग लिन छोडेका छन् ।

    उनी हाल सम्म ५ पटक मात्र संसद भवन प्रवेश गरेका अभिलेखले देखाएको छ । 

    २०८३, श्रावण १० आइतवार०८:१७:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार