रास्वपा सभापति लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भाव कायम राख्न अपिल

रास्वपा सभापति लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भाव कायम राख्न अपिल

२०८३, श्रावण १५ शुक्रवार

  • 429
    SHARES

  • रास्वपा सभापति लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भाव कायम राख्न अपिल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनापछि देशका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण अवस्थालाई साम्य तुल्याउन तथा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल गरेका छन्।

    शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति लामिछानेले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ।

    यसैगरी, उनले विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी तथा सचिवालय सदस्य राजुराज फुयाँलसँग पनि छलफल गरेका छन्।

    छलफलका क्रममा सभापति लामिछानेले सुनसरी, सिरहालगायत देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शन तथा तनावलाई शान्तिपूर्ण ढंगले व्यवस्थापन गर्न सहयोग गर्न आग्रह गरेको जनाइएको छ। साथै, सबै समुदायबीच आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकतालाई बलियो बनाउन संयुक्त रूपमा पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्।

    रास्वपाले पछिल्ला घटनालाई संयमता, संवाद र आपसी विश्वासका माध्यमबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गर्दै सबै पक्षलाई शान्ति, सद्भाव र कानुनी प्रक्रियाप्रति प्रतिबद्ध रहन अपिल गरेको छ।

    २०८३, श्रावण १५ शुक्रवार०२:००:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार