सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारको निर्णय

सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारको निर्णय

२०८३, श्रावण २० बुधवार

  • 385
    SHARES

  • सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका घटनामा गोली लागेर मृत्यु भएकाहरूका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीमा प्रदर्शनका क्रममा मृत्यु हुने तथा घाइते भएकाहरूलाई राहत, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

    हालसम्म सुनसरीमा ३ जना र सिरहामा १ जना गरी ४ जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ।

    मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण नियुक्ति र नीतिगत निर्णयसमेत गरेको छ। बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा  याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

    यसैगरी, बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संघीय संसद्मा पेश गर्ने तथा पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपालभर लागू गर्ने निर्णय गरेको छ।

    यस्तै, मन्त्रिपरिषद्ले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने तथा उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ।

    सरकारले यी निर्णयहरू सार्वजनिक गर्दै प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने र सार्वजनिक सेवासम्बन्धी सुधारका कार्यक्रमलाई निरन्तर अघि बढाउने जनाएको छ।

     

    २०८३, श्रावण २० बुधवार०२:४५:१६

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार