राष्ट्रियसभा बैठक : ग्यास अभावदेखि स्वास्थ्य बिमा र बँदेल आतङ्कसम्मका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा बैठक : ग्यास अभावदेखि स्वास्थ्य बिमा र बँदेल आतङ्कसम्मका विषयमा सरकारको ध्यानाकर्षण

२०८३, श्रावण २१ बिहिवार

  • 197
    SHARES

  • राष्ट्रियसभा बैठक : ग्यास अभावदेखि स्वास्थ्य बिमा र बँदेल आतङ्कसम्मका विषयमा सरकारको ध्यानाकर्षण

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले ग्यास अभाव, कालोबजारी नियन्त्रण, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता तथा बँदेललगायत वन्यजन्तुको आतङ्कबाट किसानले भोग्नुपरेका समस्यासहित विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

    बैठकमा बोल्दै सांसदहरूले स्वास्थ्य बिमा कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उल्लेख गर्दै नागरिकसँग स्वास्थ्य बिमाको कार्ड भए पनि आवश्यक औषधि र उपचार सेवा सहज रूपमा उपलब्ध हुन नसकेको गुनासो गरे।

    स्वास्थ्य बिमा कार्यक्रम स्वयं उपचारको आवश्यकता पर्ने अवस्थामा पुगेको टिप्पणी गर्दै उनीहरूले भाषण, प्रचार र प्रतिवेदनमा मात्र सीमित नभई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरे।सांसदहरूले स्वास्थ्य बिमा जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसलाई परिणाममुखी, विश्वसनीय र लोककल्याणकारी बनाउन तत्काल आवश्यक सुधारका कदम चाल्न सरकारलाई आग्रह गरे।

    त्यसैगरी, दैनिक उपभोग्य वस्तु एलपी ग्यासको अभावका कारण सर्वसाधारणले घण्टौँ लाइनमा बस्नुपर्ने र कतिपय अवस्थामा खाना पकाउनसमेत समस्या उत्पन्न भएको उल्लेख गर्दै सांसदहरूले बजार अनुगमनलाई कडाइ गर्न, कालोबजारी नियन्त्रण गर्न तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

    बैठकमा दैलेखसहित विभिन्न जिल्लामा बँदेललगायत वन्यजन्तुको आतङ्कका कारण किसानले लगाएको मकैबालीलगायत अन्य खेती एकै रातमा नष्ट हुने गरेको विषय पनि उठाइएको थियो।

    वर्षभरि मेहनत गरेर उत्पादन गरेको बाली जोगाउन किसान असफल भइरहेको भन्दै सांसदहरूले पीडित किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा वन्यजन्तु नियन्त्रण र रोकथामका प्रभावकारी उपाय तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरे।

    २०८३, श्रावण २१ बिहिवार०४:३९:४३

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार