पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरीडाँडामा पिकअप जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बिहान करिब ७ बजे तिनाउ गाउँपालिका-४ स्थित झुम्सा-सत्यवती-धसमिघा भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो।
माथागढी गाउँपालिका-५ बंसिङडाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जीप चिउरीडाँडामा अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जीपमा सवार १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र अन्य नौ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको नाम, थर तथा ठेगाना भने खुल्न बाँकी रहेको छ। दुर्घटनामा घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।