उच्च अदालत बार पाटनको अध्यक्षमा सेवन्तराज निरौलाको प्यानलै विजयी, प्रतिस्पर्धी मत २० प्रतिशत नजिक   

उच्च अदालत बार पाटनको अध्यक्षमा सेवन्तराज निरौलाको प्यानलै विजयी, प्रतिस्पर्धी मत २० प्रतिशत नजिक   

२०८३, श्रावण ३१ आइतवार

  • 361
    SHARES

  • उच्च अदालत बार पाटनको अध्यक्षमा सेवन्तराज निरौलाको प्यानलै विजयी, प्रतिस्पर्धी मत २० प्रतिशत नजिक   

    ललितपुर । उच्च अदालत बार एसोसिएसन पाटनको शनिवार सम्पन्न निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का उम्मेदवार सेवन्तराज निरौला फराकिलो मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका छन्। निरौलाले आफ्ना प्रतिस्पर्धीद्धय भेषराज पोखरेल र देवी प्रसाद रिजाललाई भारी मतान्तरले निरौला विजयी बनेका हुन् ।  

    निर्वाचनको अन्तिम मत परिणामअनुसार निरौलाले १ हजार १५२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र व्यवसायी मञ्चका उम्मेदवार भेषराज पोखरेलले १९९ मत प्राप्त गर्दा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का उम्मेदवार देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरे । 

    त्यस्तै, अधिकांश पदमा पीपीएलए समूहका उम्मेदवार विजयी बन्दा उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया १ हजार ६२ मतसहित निर्वाचित भएका छन्। त्यस्तै सचिवमा राजीव पोखरेल १ हजार ४५ मतसहित विजयी भएका छन्।

    सहसचिवमा सिमा सुवेदी १ हजार ५३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। कोषाध्यक्षमा दिलकुमार कार्कीले १ हजार ८८ मत प्राप्त गरेका छन्। महिला सदस्यतर्फ अनिता पौड्याल ९ज्ञवाली० १ हजार १६९ मतसहित निर्वाचित भएकी छन्।

    सदस्य पदमा पनि पीपीएलए समूहका उम्मेदवारहरूको प्रभाव देखिएको छ। सदस्यतर्फ १२ जना विजयी भएका छन्। निर्वाचित सदस्यहरूमध्ये सबैभन्दा बढी मत ल्याउने उम्मेदवारले १ हजार १७४ मत प्राप्त गरेका छन् भने कम मत ल्याउने विजयी उम्मेदवारले पनि ९५० मत प्राप्त गरेका छन् । 

    निर्वाचन परिणामपछि नवनिर्वाचित अध्यक्ष निरौलाले आफूलाई प्राप्त मतलाई व्यक्तिगत जितभन्दा पनि कानुन व्यवसायीहरूले दिएको जिम्मेवारीका रूपमा लिने बताएका छन्। उनले बारलाई सबै कानुन व्यवसायीको साझा संस्थाका रूपमा अघि बढाउने र पेसागत हकहितसँगै न्यायिक स्वतन्त्रताको पक्षमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    “निर्वाचनमा प्राप्त विश्वासलाई जिम्मेवारीका रूपमा लिएको छु। बारलाई सबै कानुन व्यवसायीको साझा संस्थाका रूपमा अघि बढाउँदै पेसागत हकहित, न्यायिक स्वतन्त्रता र कानुनी शासनका पक्षमा काम गर्नेछु,” निरौलाको भनाइ छ।

    उनले निर्वाचनमा पक्ष–विपक्ष रहे पनि अब सबै कानुन व्यवसायीलाई समेटेर अघि बढ्ने आवश्यकता रहेको बताएका छन्। बारलाई कुनै एउटा समूह वा विचारको मात्र संस्था नभई सम्पूर्ण कानुन व्यवसायीको साझा थलोका रूपमा विकास गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

    निर्वाचनमा फराकिलो मतान्तरले विजयी भए पनि निरौलाका लागि अब प्राप्त जनादेशलाई काममार्फत प्रमाणित गर्ने चुनौती सुरु भएको छ। निर्वाचनका क्रममा व्यक्त प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सबै कानुन व्यवसायीको विश्वास कायम राख्नु उनको प्रमुख जिम्मेवारी हुनेछ।

    त्यस्तै नयाँ कार्यसमितिले निर्वाचनमा प्रतिस्पर्धा गरेका समूह र उम्मेदवारलाई समेत समेटेर संस्थागत एकता कायम गर्नुपर्ने देखिन्छ। कानुन व्यवसायीबीचको राजनीतिक वा समूहगत प्रतिस्पर्धाभन्दा माथि उठेर बारको व्यावसायिक गरिमा र न्यायिक स्वतन्त्रताको पक्षमा साझा धारणा निर्माण गर्न सके नयाँ नेतृत्वको प्रभाव अझ बलियो बन्नेछ।

    5.jpg55.jpg555.jpg

    २०८३, श्रावण ३१ आइतवार१०:३१:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार