बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीसहित मन्त्रीहरूको शपथ आज

बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीसहित मन्त्रीहरूको शपथ आज

२०८३, भाद्र ४ बिहिवार

  • 317
    SHARES

  • बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्रीसहित मन्त्रीहरूको शपथ आज

    मकवानपुर । बागमती प्रदेशमा नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच मन्त्रालय बाँडफाँटको सहमति जुटेसँगै नयाँ सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ आज अपराह्न ४ बजे गराउने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

    सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित तीन मन्त्रालय, नेकपाले सभामुखसहित दुई मन्त्रालय र राप्रपाले तीन मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ।

    सहमति अनुसार एमालेका किरण थापा बागमती प्रदेशको मुख्यमन्त्री बन्ने तयारीमा छन्।

    त्यस्तै, एमालेबाट ज्ञानबहादुर तामाङ भौतिक पूर्वाधार विकास मन्त्री र रघुनाथ महर्जन आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने तय भएको छ।

    नेकपाबाट रत्न ढकाल सभामुख बन्ने तयारीमा छन् भने सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री र रमा आले मगर खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्ने सहमति भएको छ।

    सरकार गठनको सहमतिअनुसार राप्रपाबाट राजु विष्ट, ज्ञानेन्द्र प्रजापति र गिरबहादुर तामाङ मन्त्री बन्ने तयारीमा छन्। तर, सरकार गठनको तयारी भइरहेका बेला राप्रपाको केन्द्रीय नेतृत्वले भने बागमती प्रदेश सरकार गठनमा पार्टीको समर्थन नरहेको जनाएको छ। यसले प्रदेशमा नयाँ सरकार गठनको राजनीतिक समीकरणबारे थप प्रश्न उठाएको छ।

    प्रदेश प्रमुखको कार्यालयले भने निर्धारित समयअनुसार नयाँ मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ गराउने तयारी भइरहेको जनाएको छ। शपथपछि बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणसहितको सरकार औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

    २०८३, भाद्र ४ बिहिवार०१:३७:३५

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार