भारतीय ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नगरकोटमा सांगीतिक साँझ

भारतीय ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नगरकोटमा सांगीतिक साँझ

२०८३, भाद्र ७ आइतवार

  • 301
    SHARES

  • भारतीय ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नगरकोटमा सांगीतिक साँझ

    नगरकोट । भारतीय ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भक्तपुरको पर्यटकीय नगरी नगरकोटमा विशेष सांगीतिक साँझ आयोजना गरिएको छ। आइतबार भारतीय दूतावासको आयोजनामा सम्पन्न सांगीतिक कार्यक्रममा नेपाली तथा हिन्दी गीत–संगीत प्रस्तुत गरिएको थियो।

    कार्यक्रमलाई इन्डियन काउन्सिल फर कल्चरल रिलेसन्स (आईसीसीआर) तथा नेपाल–भारत मैत्री संघको समेत सहयोग रहेको थियो। कार्यक्रममा आईसीसीआर ट्रुपका लिडर तथा प्रख्यात गायक एवं वाद्यवादक राजेश पाण्डेको नेतृत्वमा सांगीतिक प्रस्तुति दिइएको थियो। पाण्डेले विभिन्न लोकप्रिय नेपाली तथा हिन्दी गीत प्रस्तुत गर्दै कार्यक्रमस्थललाई संगीतमय बनाएका थिए।

    44.jpg

    कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव वशिष्ठ नन्दन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, नेपाल–भारत मैत्री संघका केन्द्रीय सहअध्यक्ष बोधकृष्ण सुवेदी, उपाध्यक्ष तथा वागमती प्रदेश अध्यक्ष विष्णु प्रसाद सापकोटा, काठमाडौं जिल्ला अध्यक्ष जानुका कार्की गिरी, काभ्रे जिल्ला अध्यक्ष विश्वराम श्रेष्ठलगायत विभिन्न जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता थियो। कार्यक्रममा १५० जनाभन्दा बढीको उपस्थिति रहेको जनाईएको छ।

    स्वतन्त्रता दिवसकै अवसरमा नेपाल–भारत मैत्री संघका काठमाडौं जिल्लालगायत विभिन्न जिल्ला समितिहरूले निबन्ध प्रतियोगितासमेत आयोजना गरेका छन्। यस्ता सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

    5.jpg

    कार्यक्रममार्फत दुवै देशका संस्कृति, कला, परम्परा र मौलिक मूल्य–मान्यताको आदानप्रदान हुँदै आपसी समझदारी, मित्रता, एकता र सद्भावलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

    त्यस्तै, यस अवसरमा रक्तदान लगायत विविध कार्यक्रम समेत आयोजना गरि स्वतन्त्रता दिवस मनाउने गरिएको छ । 

    55.jpg

    २०८३, भाद्र ७ आइतवार०८:०८:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार