भोटेकोशी–त्रिशूली बाढी : १ हजार १० शव फेला, ५८१ शवको जमिनमा व्यवस्थापन: खोजी तथा उद्धारलाई तीव्रता

भोटेकोशी–त्रिशूली बाढी : १ हजार १० शव फेला, ५८१ शवको जमिनमा व्यवस्थापन: खोजी तथा उद्धारलाई तीव्रता

२०८३, भाद्र १६ मंगलवार

  • 361
    SHARES

  • भोटेकोशी–त्रिशूली बाढी : १ हजार १० शव फेला, ५८१ शवको जमिनमा व्यवस्थापन: खोजी तथा उद्धारलाई तीव्रता

    काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएकामध्ये हालसम्म ४ हजार २७० जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ। तर, अझै ४ हजार ५९९ जना बेपत्ता रहेको प्रहरीको तथ्यांक छ।

    प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार उद्धार गरिएकामा ३ हजार ३ पुरुष, १ हजार २५४ महिला रपहिचान नखुलेका १३ जना रहेका छन्।

    बेपत्ताको संख्या उल्लेख्य रहेकाले खोजी तथा उद्धार कार्यलाई थप तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मीसहित विभिन्न सरकारी संयन्त्रलाई परिचालन गरी सम्भावित स्थानमा खोजी भइरहेको प्रहरीले जनाएको छ।

    ३ हजार ४५३ जना होल्डिङ सेन्टरमा

    नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ४५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ।

    प्रहरीका अनुसार नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन्।

    उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकलाई आवश्यक राहत, स्वास्थ्य सेवा तथा अन्य मानवीय सहयोग उपलब्ध गराउने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ।

    १ हजार १० शव फेला

    बाढीमा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दो क्रममा छ। प्रहरीका अनुसार हालसम्म १ हजार १० जनाको शव फेला परेको छ।

    फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २०९ महिला, ३८५ पुरुष रहेका छन् भने ३५१ वटा शव आंशिक अंगसहित फेला परेको प्रहरीले जनाएको छ।

    शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ।

    हालसम्म १२१ महिला, १९८ पुरुष र पहिचान नखुलेका २६२ गरी ५८१ शवको जमिनमा व्यवस्थापन गरिएको छ। त्यस्तै, ५६ वटा शव मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

    नेपाली र विदेशी नागरिकसमेत बेपत्ता

    प्रहरीको विवरणअनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी नागरिक दुवै छन्।

    हालसम्म २ हजार ३१२ पुरुष र ३६८ महिला गरी २ हजार ९८० नेपाली नागरिक बेपत्ता रहेकोविवरण छ। त्यस्तै, २५१ पुरुष र ३३० महिला गरी ५८१ जना विदेशी नागरिक बेपत्ता रहेको प्रहरीले जनाएको छ।

    फोनमार्फत टिपाइएका १ हजार ३२९ जना समेत बेपत्ताको सूचीमा रहेका छन्।

    खोजी, उद्धार र राहतलाई उच्च प्राथमिकता

    भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

    विपद्को विषम परिस्थितिमा बेपत्ताको खोजी, उद्धार, शव व्यवस्थापन तथा राहत वितरणलाई उच्च प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

    सरकारी संयन्त्र, सुरक्षाकर्मी तथा सम्बन्धित निकायबीच समन्वय गरी खोजी तथा उद्धारसँगै राहत र पुनर्स्थापनाका कामलाई समेत अहोरात्र निरन्तरता दिइरहेको नेपाल प्रहरीले स्पष्ट गरेको छ।

    प्रहरीका अनुसार प्रभावित क्षेत्रमा अझै पनि सम्भावित जोखिमयुक्त स्थानमा खोजी कार्य जारी छ भने बेपत्ता नागरिकको विवरण संकलन र अद्यावधिक गर्ने कामसमेत भइरहेको छ।

    २०८३, भाद्र १६ मंगलवार०२:२०:००

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार