अदालतको अवहेलनासम्बन्धी प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता

अदालतको अवहेलनासम्बन्धी प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता

२०७७, माघ १४ बुधवार

  • 2.1K
    SHARES

  • अदालतको अवहेलनासम्बन्धी प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता

    माघ १४, काठमाडौँ ।

    सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका छन् ।  

    त्यस्तैगरी, अधिवक्ता  राजाराम घिमिरेले पूर्वसभामुख दमनाथ ढुङ्गानाविरुद्ध र अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।  

    प्रतिनिधिसभा विघटनको अदालतको विचाराधीन विषयलाई लिएर स्वतन्त्र न्यायपालिकाको कार्यसम्पादनमा अवरोध पुर्याएको उल्लेख गर्दै उक्त मुद्दा दायर गरिएको छ । अदालतको अवहेलनामा दोसी ठहर भएमा एक वर्ष कैद सजाय वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । 

    २०७७, माघ १४ बुधवार०७:०८:४२
    प्रतिक्रिया
    सम्बन्धित समाचार